Logo

खेलकुद

किर्तिपुर र मुलपानी क्रिकेट रंगशाला दुईवर्षभित्र स्तरोन्नती हुने



काठमाडौँ । सरकारले आगामी दुई वर्षभित्र काठमाडौँको कीर्तिपुर र मुलपानी क्रिकेट रंगशालाको स्तरोन्नति सम्पन्न गरी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथ चन्द र मोरङको विराटनगर क्रिकेट रंगशालाको पूर्वाधार निर्माण कार्य अगाडि बढाइने उल्लेख गरिएको छ ।

त्यस्तै प्रत्येक विद्यालयमा कम्तीमा एकजना खेलकुद शिक्षक नियुक्त गर्ने, वार्षिक खेलकुद क्यालेन्डर तयार गरी अन्तरपालिका तथा प्रदेशस्तरीय प्रतियोगिताहरु आयोजना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ९ : ०५ बजे