Logo

खेलकुद

शहिद स्मारक लिग : आज तीन खेल हुँदै



काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटवलमा आज तीन खेल हुँदै छन् । जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा एक खेल च्यासल मैदान, ललितपुरमा हुँदै छ ।

च्यासल मैदानमा हुने खेलमा मनाङ मस्र्याङदी क्लब र संकटा क्लब एक आपसमा भिडने छन् । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।यसैगरी, रंगशालामा हुने पहिलो खेलमा फ्रेन्डस क्लब र मच्छिन्द्र फुटबल क्लब भिडनेछन् ।

जुन खेल दिउँसो ३ बजे सुरु हुनेछ । उता, रंगशालामा नै साँझ ६ बजे हुने हुने दोस्रो खेलमा भने न्युरोड टिम र जावालाखेल युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ८ : ०७ बजे