काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मदन–आश्रित स्मृति दिवसले बामपन्थी एकतामा प्रेरणा दिने विश्वास ब्यक्त गरेका छन ।
३० औं मदन आश्रित स्मृति दिवसलाई स्मरण गर्दैै प्रधानमन्त्री दाहालले सहकार्य र एकताका लागि आजको दिन विशेष रहेको पनि उनले जनाएका छन् ।
‘आज ३० औँ मदन–आश्रित स्मृति दिवस, रहस्यमय दासढुंगा दुर्घटनामा परी दिवंगत वामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व मदन भण्डारी र जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु,’ प्रधानमन्त्री दाहालले स्मरण गर्दै भनेका छन, ‘यस दिनले कम्युनिस्ट एवं वामपन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गर्दछु।’
प्रतिक्रिया