काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा मागेको छ ।
निवेदक युवराज पौडेलको निवेदनका आधारमा सर्वोच्चले जिल्ला प्रशासन कार्यालय, बबरमहल र अध्यागमन विभाग, कालिकास्थानलाई पत्र लेख्दै राहदानी त्यागेको प्रमाण उपलब्ध गराउन माग गरेको हो ।
यसअघि लामिछानेले नेपालको नागरिकता पुनः लिने क्रममा जिल्ला प्रशासन कार्यालयमा पेस गरेको अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गर्न सर्वोच्चले चैत्र २२ गते आदेश दिएको थियो ।
लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ता दिनमणि पोखरेल तथा महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध युवराजले दायर गरेको रिट निवेदनमा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलाशले अमेरिकी नागरिकता त्यागेको निस्सा झिकाउन आदेश दिएको थियो ।
प्रतिक्रिया