Logo

अर्थ

भारतबाट घटेर आएपछि नेपालमा कहिले घट्छ इन्धनको मुल्य ?



काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

नेपाल आयल निगमका अनुसार मंगलबार भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य सुची अनुसार भाउ घटेर आएको हो ।

जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ । भारतीय आयल कर्पोरेशनले मुल्य घटाएर पठाएको भएपनि नेपाल आयल निगमले भने अहिलेसम्म मुल्य समायोजन गरिसकेको छैन ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ८ : २८ बजे