Logo

खेलकुद

जावालाखेल-मनाङ मर्स्याङदी तथा न्युरोड टिम-फ्रेन्डसबीच प्रतिस्पर्धा हुने



काठमाडौं । शहिद स्मारक लिग फुटबल खेल आज दुई खेल हुँदै छन् । एउटा खेल ललितपुरस्थित च्यासलस्थित खेल मैदानमा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

जावालाखेल युथ क्लब र मनाङ मर्स्याङदी क्लब च्यासल मैदानमा प्रतिस्पर्धामा उत्रने छन् । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

यसैगरी, एन्फा कम्प्लेक्स, सातदोबाटोमा न्युरोड टिम र फ्रेन्डस क्लब आमुने सामुने हुनेछ । सो खेल पनि दिउँसो ३ बजेवाट नै सुरु हुनेछ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ८ : ०१ बजे