Logo

खेलकुद

आइपीएलमा मुम्बईसँग बैग्लोर पराजित



काठमाडौं । आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले पराजित गरेको छ ।

वाङखडेमा टस हारेर पहिला ब्याटिङ गरेको बेंग्लोरले दिएको २ सय रनको लक्ष्य मुम्बईले १६ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टाएको हो ।

त्यसअघि बेंग्लोरका कप्तान फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेलले शतकीय साझेदारीमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो ।

जितसँगै मुम्बई ११ खेलमा १२ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलमा बेंग्लोर १० अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : ०२ बजे