Logo

खेलकुद

आज एन्फा कार्यसमितिको बैठक बस्दै, विवाद कायमै



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने भएको छ । एन्फा महासचिव किरण राईले आइतबार पदाधिकारी तथा सदस्यहरु लाई पत्रमार्फत सोमबार दिउँसो २:०० बजे सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सुरु हुने आपतकालिन बैठकमा उपस्थित हुन अनुरोध गरेका छन् ।

‘अखिल नेपाल फुटबल संघको विधान २०७७ संस्करणको धारा ३९ ( २ ) वमोजिम विशेष परिस्थितिमा कार्यसमितिको आपतकालिन बैठक राखिएको हुँदा उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु’ पत्रमा उल्लेख छ ।

यसअघि गत वर्षको फागुनमा भएको एन्फाको बैठकमा भने कार्यसमिति सदस्यबीच झण्डै हात हालाहाल भएको थियो । तीन उपाध्यक्ष दीर्घबहादुर केसी, विराटजंग शाही, दिपक खतिवडालगायतका सदस्यहरूले एन्फाको कार्यसमिति बैठक बहिस्कार गरेका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ७ : ४३ बजे