Logo

खेलकुद

एन्फाको आकस्मिक बैठक सोमबार बस्ने



काठमाडौँ । अखिल नेपाल फुटबल संघको कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने भएको छ ।

एन्फाले आफ्ना केन्द्रीय कार्यसमिति सदस्यहरूलाई पत्र काट्दै आकस्मिक बैठकमा बोलाएको हो । यसअघि गत वर्षको फागुनमा भएको एन्फाको बैठक अशान्त बनेको थियो ।

बैठकको एजेण्डाबारे जानकारी गराइएको छैन । एन्फामा पछिल्लो समय विवाद बढिरहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ७ : ०० बजे