Logo

खेलकुद

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै



काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार दुई खेल हुँदै छन् । लिगको दोस्रो लेगको दोस्रो राउण्डअन्तर्गत आज मछिन्द्र र एपिएफ तथा संकटा र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

आज हुने दुवै खेल दिउँसो ३ बजे सुरु हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मछिन्द्र र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र आज छैटौँ जित निकाल्ने सोचमा छ । ऊ १४ खेलबाट २१ अंकका साथ पाँचौं स्थानमा छ ।

छैटौँ जितको खोजीमा रहेको एपिएफ १४ खेलमा १९ अंक जोडेर नवौँ स्थानमा रहेको छ । यस्तै, आजै एन्फा कम्प्लेक्समा संकटा र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

संकटा पाँचौँ जितको खोजीमा छ । १४ खेलबाट १६ अंक जोडेर १३ औँ स्थानमा रहेको छ । आर्मी छैटौँ जित निकाल्ने सोचमा छ । छैटौँ स्थानमा आर्मी १४ खेलमा २० अंक जोडेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ८ : १३ बजे