Logo

खेलकुद

आईपीएल : दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले हरायाे



काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले हराएको छ ।दिल्लीका फिलिप साल्टले सर्वाधिक ८७ रन बनाए । उसका राइली रोसोउ ३५ रनमा अविजित रहे । मिचेल मार्श २६ र डेविड वार्नर २२ रनमा आउट भए ।

बैंग्लोरका जोश हेजलवुड, कर्ण शर्मा र हर्षल पटेलले समान एक/एक विकेट लिए । त्यसअघि दिल्लीमा टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो ।

बैंग्लोरका महिपाल लोमरोरले अविजित ५४ रन बनाए । उनको आईपीएल क्रिकेटमा पहिलो अर्धशतक हो । विराट कोहली ५५ तथा फाफ डु प्लेसिस ४५ रनमा आउट भए ।

दिल्लीका मिचेल मार्शले २ विकेट लिए । मुकेश कुमार र खलिल अहमदले एक/एक विकेट लिए । जितसँगै दिल्ली १० खेलमा ८ अंकका साथ नवौं स्थानमा उक्लिएको छ । बैंग्लाेर समान खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ६ : ४७ बजे