Logo

Breaking News 1

नेपाली क्रिकेटमा मोन्टी ‘फ्याक्टर’ , कसरी चल्यो जादु ?



काठमाडौं । खेलाडी यिनै हुन्, खेल उस्तै हो । नेपालले ५० भन्दा बढि ओडिआई क्रिकेट खेलिसकेको छ । तर पछिल्ला १२ खेलमा भने नेपालको प्रदर्शन उत्कृष्ट रह्यो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा मुख्य प्रशिक्षक बनेर मोन्टी देसाई आएपछि भने नेपाली क्रिकेटले उत्साजनक नतिजा निकालेको छ । मोन्टी नेपालको प्रशिक्षक बनेपछि नेपालले खेलेका सबै खेल जित्न सफल बन्यो ।

नेपालले २०१८ अगस्ट १ मा नेदरल्यान्ड्ससँग ओडिआई खेलमा डेब्यू गरेको थियो । नेपालले हाल सम्म खेलेका ५१ वटा ओडिआई मध्ये २८ मा जित तथा २१ मा हारको नतिजा निकालेको छ । यसै गरी एक खेल टाई र एक खेल नतिजा विहीन रहेका थिए ।

यसअघि विश्वकप लिड डिभिजन २ को अन्तिम खेलमा युएईलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको नेपालले एसिसी मेन्स प्रिमियर कपको उपाधि जित्दा पनि उही पुरानै प्रतिस्पर्धी युएईलाई नै पराजित गरेको छ ।

क्रिकेटमा अहिलेसम्म पाएको सफलताका पछाडिको मुख्य भूमिका भने प्रशिक्षक देशाईकै रहेको खेलाडीहरुले समेत स्वीकार गरिसकेका छन् । मंगलबार मात्रै पनि क्रिकेटर सन्दिप लामिछाने र कप्तान रोहित पौडेलले समेत प्रशिक्षक देशाईको प्रशंशा गरेका थिए ।

त्यसोत नेपाली क्रिकेट समर्थक र क्यानले समेत प्रशिक्षकको भूमिकाका प्रशंशा गरिरहेका छन् । खासमा मोन्टीले के गरे भन्ने बहश भने पहिलादेखि नै शुरु भएको हो । हरेक खेलमा मोन्टीको रणनीति समेत फरक देखिएको थियो ।

मंगलबारको खेलमा समेत मोन्टीले दिपेन्द्रसिंह ऐरीलाई बेञ्चमा राखेर गुल्सन झालाई मैदान पठाएका थिए । मंगलबारको खेलपछि एशिया कपमा स्थान बनाउँदा प्रदर्शन गरेको खेलमा आफू सन्तुष्ट रहेको उनै प्रशिक्षक देशाईले बताएका छन् ।

प्रशिक्षक देसाईले एशिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिने भए पनि सेप्टेम्बरमा आयोजना हुने प्रतियोगिताका लागि आफू उत्साहित रहेको समेत बताएका छन् ।

उनले एशिया कपसम्मको यात्रा तय गर्न निकै मेहनत गरेको र टोली सम्हालिसकेपछि टोलीका सदस्यहरुले प्रमाणित गर्न निकै मेहनत गरेको बताए।

प्रशिक्षकको योजनाअनुसार खेल्दा टोलीले राम्रो नतिजा निकाल्न सफल भएको भन्दै कप्तान रोहितले एशिया कप नेपाली टोलीका लागि एक्सपोजर भएको बताए।

यता फाइनल खेलमा युएईविरुद्ध सम्हालिएको प्रदर्शन गर्दै नेपालको जित सम्भव बनाएका गुल्शन झाले योजनाअनुसार ब्याटिङ गर्न क्रिजमा पुगेको र प्रशिक्षकको योजनाअनुसार खेल्दा नतिजा निकाल्न सफल भएको प्रतिक्रिया दिएका थिए ।

प्रतियोगिताको सिरिजका उत्कृष्ट खेलाडी बनेका सन्दीप लामिछानेले नेपाली टोली यहाँसम्म आइपुग्न खेलाडीको अथक मेहनत र प्रशिक्षकको भूमिका महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ९ : २७ बजे