काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गतको फाइनल खेलमा नेपाल र यूएईबीचको खेल सोमबार काठमाडौंमा हुँदैछ ।
खेलमा जित हात पार्ने टोलीले क्रिकेटका पावर हाउस भारत, पाकिस्तान जस्ता देशसँग प्रतिस्पर्धा गर्ने मौका पाउनेछ ।
नेपाल र यूएईबीच भएका पछिल्ला चार खेलमा नेपालले तीनवटामा जितेको छ । यूएईले एक मात्र जित हात पारेको छ । नेपालले एक महिनाअघि टियू मैदानमै विश्व क्रिकेट लिग टुमा यूएईलाई नै हराउँदै विश्वकप छनोटमा स्थान बनाएको थियो ।
लिग टुअन्तर्गत पछिल्लो पटक यूएईसँग दुबईमा भएको खेलमा पराजय ब्येहोरेको नेपाल त्यसपछिका ९ खेलमा अपराजित छ ।
एक महिनाअघि सम्पन्न विश्व क्रिकेट लिग टुमा खराब प्रदर्शन गरेको यूएईले विश्वकप छनोटको प्लेअफमा उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमन गरेको छ ।
प्रतिक्रिया