Logo

मुख्य समाचार

नेता भण्डारी आज स्वदेश फर्किँदै



काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आज स्वदेश फर्किने भएका छन् । गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुँदा आगालागीमा परि गम्भीर घाइते भण्डारी झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि आज स्वदेश फर्कन लागेका हुन् ।

नेपाली कांग्रेसका नेतासमेत रहेका प्रतिनिधिसभा सदस्य भण्डारी झन्डै तीन महिना देखी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत रहेका थिए ।  अब नेपालमा नै उनको बाँकी उपचार हुनेछ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : १४ बजे