Logo

खेलकुद

‘ए’ डिभिजन लिग : आज चार खेलहरु हुँदै



काठमाडौं । काठमाडाैंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार चार खेलहरु हुँदैछन् । लिगको १३ औं चरण अन्तर्गत आइतबार अन्तिम चार खेलहरु हुन लागेका हुन् । जसमा दुई खेल दशरथ रंगशाला र दुई खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता मछिन्द्र फुटबल क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने भने  रंगशालामै हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीचको बाँकी खेल समेत हुनेछ । मछिन्द्र र सातदोबाटोबीचको खेल साँझ ६ बजे सुरु हुनेछ भने हिमालयन र आर्मीबीचको खेल दिउँसो ४:३० बजे सुरु हुनेछ ।

यस्तै एन्फा कम्प्लेक्समा चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र मनाङबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ । एन्फा कम्प्लेक्समै संकटा क्लब र जावलाखेल युथ क्लबबीचको बाँकी खेल हुनेछ । संकटा र जावलाखेलबीचको बाँकी खेल दिउँसो १ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ६ : ३४ बजे