Logo

खेलकुद

हैदराबाद ९ रनले विजयी



काठमाडाैं । सनराईजर्स हैदराबादले इन्डियन प्रिमियर लिग(आईपीएल)मा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । हैदराबाद ९ रनले विजयी भएको हो ।

हैदराबादले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

आठ खेलमा तीन जित र पाँच हारका साथ हैदरावाद १० टोली सहभागी यस लिगको आठौं स्थानमा उक्लिएको छ । आठ खेलमा छ हार व्यहोरेको दिल्ली पुछारमा रहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ६ : २२ बजे