Logo

मुख्य समाचार

माैसम : यी प्रदेशमा छ वर्षाकाे सम्भावना



काठमाडाैं । जल तथा माैसम पूर्वमनुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको तथन कोसी प्रदेशका तराई भूभागका एक/दुई स्थानमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएकाे हाे ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने, पहाडी भू/भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वमनुमान महाशाखाले जनाएकाे छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ६ : ०९ बजे