Logo

Breaking News 1

अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णयले सत्तारुढ दलभित्र मतभेद शुरु



काठमाडौं । अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारी तयारीलाई लिएर सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरु आपत्ती जनाएका छन् ।

कांग्रेस नेता डाक्टर शेखर कोइरालाले अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गरेका थिए । उनले यसअघि माओवादी लडाकुका लागि शिविरमै पठाइएको रकम समेत हिनामिना भएको विषयमा आवाज उठिरहेका बेला फेरी पैसा बाँड्न नहुने कोइरालाको तर्क छ ।

यता कांग्रेस महामन्त्री गगन थापाले समेत लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णय गलत रहेको भन्दै सच्याउनुपर्ने बताएका छन् । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा विचाराधिन रहेकोले रकम बाँड्न नभएर पिडितमैत्री कानून बनाई संक्रमणकालीन न्यायको कामलाई टुङ्गो लगाउन माग गरेका छन् ।

महामन्त्री थापा र नेता कोइरालाको अभिव्यक्तीले सत्तारुढ दलभित्रै असन्तुष्टि शुरु भएको बुझ्न कठिन छैन । सत्तारुढ दलभित्रै शुरु भएको विवादका बारेमा एमालेले समेत पैसा बाँड्ने निर्णय कार्यान्वयन गर्न दिने देखिदैन । किनकि क्यान्टोनमेण्टमा भ्रष्टाचार भएको भन्दै युवा संघ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी समेत दिएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ८ : २६ बजे