Logo

खेलकुद

एक खेलअघि नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश



काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर लिगमा नेपाल र साउदी अरेवियाबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

मुलपानीको माथिल्लो क्रिकेट मैदानमा हुने भनिएको खेल वर्षाका कारण टस हुन नसकी रद्द भएपछि नेपाल र साउदी अरेबियाले अंक बाँडे्का छन् ।

खेल रद्द भएपछि नेपालले एक खेल बाँकी छँदै सेमिफाइनलमा स्थान बनाएको छ । समुह ए मा नेपाल तीन खेलबाट पाँच अंक बनाउँदै एक खेल अगाडि नै सेमिफाइनलमा स्थान बनाएको हो ।

दोस्रो स्थानमा रहेको ओमानको तीन खेलबाट चार अंक रहेको छ । त्यस्तै साउदी अरेविया तीन अंक सहित तेस्रो, चौथो स्थानमा रहेको मलेसियाको दुई अंक छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  २ : २६ बजे