काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना सुरू भएको छ।
पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ६५६८ पाएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले पछ्याइरहेका छन् । न्यौपानेले २९०२ मत पाएका छन् ।
कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले भने २६८८ मत पाएका छन् । अहिलेसम्म इच्छाकामना गाउँपालिकाको मत गनेर सकिएको छ । अब भरतपुर महानगरपालिकाको वडा नम्बर १ र २ को गणना शुरु भएको छ ।
प्रतिक्रिया