Logo

खेलकुद

एसीसी प्रिमियर कपमा आज दुई खेल हुँदै



काठमाडौं । एसीसी मेन्स प्रिमियर कप क्रिकेटमा आइतबार दुई खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुर र यूएईले प्रतिस्पर्धा गर्दैछन् भने मूलपानी क्रिकेट मैदानमा मलेसिया र ओमान भिड्नेछन्।

दुवै खेल बिहान ९ बजे शुरु हुनेछ । समूह बीमा रहेको सिंगापुरले यसअघि खेलेको दुई खेलमा नै हार व्यहोरेको छ ।

यूएईले दुइ खेलमा एकमा जीत र एकमा हार ब्यहोरेको छ । यस्तै समूह ‘ए’को दोस्रो स्थानमा रहेको मलेसियाले एक खेलमा जीत र एक खेल हारेको छ।

ओमानले पनि एक खेलमा जीत र एक हारेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ८ : १६ बजे