Logo

खेलकुद

आइपीएलमा लखउनमाथि गुजरातको रोमाञ्चक जीत



काठमाडौं । आइपीएलअन्तर्गको आजको पहिलो खेलमा साविक विजेता गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्समाथि रोमाञ्चक जित पारेको छ ।

लखनउलाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहेका बेला गुजरातले ४ विकेट लिँदै जम्मा ४ रन मात्र दिएपछि गुजरात ७ रनले विजयी भएको हो ।

गुजरातले दिएको १३६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यो । लखनउका लागि कप्तान केएल राहुलले सर्वाधिक ६८ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

चौथो जितपछि ६ खेलबाट ८ अंक जोडेको गुजरात चौथो स्थानमै छ । पराजित भएपनि ७ खेलबाट ८ अंक रहेको लखनउ दोस्रो स्थानमै छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ८ : ४५ बजे