Logo

कला/साहित्य

सकम्बरीबारे दोहोरी साँझमै बसेर समिक्षा गरौंला– प्रकाश सपुत



काठमाडौं । गायक प्रकाश सपुतले ‘सकम्बरी’माथि रात्रिकालीन मनोरन्जन व्यवसायी संघले जनाएको आपत्तिबारे स्पष्टीकरण दिएका छन्।

उनले गीत १ करोड पटक हेरिएकोमा सबैलाई धन्यवाद दिँदै आफूले प्राप्त गरेको प्रतिक्रियाहरूलाई गम्भीर रुपमा मनन गरेको बताएका छन् ।

आफ्नो फेसबुक अकाउन्टमार्फत् सपूतले आधिकारिक संस्थाको विज्ञप्ति आइसकेपछि सम्बोधन गर्नुपर्छ भन्दै लेखेका छन्, ‘यो एउटा शैली हो। कथा निर्माण प्रक्रिया हो। यसलाई कुनै अधिकारिक रिपोर्ट सामग्री जस्तो गरी नबुझिदिनुहोला। यसलाई कथा वा कला सामग्रीको रुपमा बुझिदिनु होला।’

उनले पात्र र पात्रको पृष्ठभूमि तयार गर्दा रात्रिकालीन मनोरञ्जन क्षेत्रलाई छानिएको बताएका छन्। उनले ५ वर्ष साँझमा काम गर्दै गर्दा आफूले पनि थुप्रै अपमानजनक दृष्टिकोण खेपेको खुलाएका छन्।

उनले आफू अमेरिकाबाट फर्केपछि दोहोरी साँझमा बसेर यसबारे छलफल गर्ने बताएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  १० : १७ बजे