काठमाडौं । भारतबाट डिजेल–पेट्रोलको मूल्य बढेर आएको छ।
नेपाल आयल निगमका अनुसार डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रूपैयाँ बढेर आएको छ ।
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनबाट इन्धन ल्याएर बिक्री गर्छ । आइओसीले नेपाल आयल निगमलाई पन्ध्र(पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउने गरेको छ ।
हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ छ ।
प्रतिक्रिया