Logo

मधेश प्रदेश

रौतहटमा जग्गासम्बन्धी विवादमा गोली चल्दा एकको मृत्यु



काठमाडौं । रौतहटको गढीमाई नगरपालिकाको धोबिनियामा जग्गासम्बन्धी विवादमा गोली चल्दा एकजनाको मृत्यु भएको छ ।

गढीमाई नगरपालिका–८, धोबिनियामा आज दुई पक्षबीच विवाद हुँदा गोली प्रहार भएको र राजकुमार रायको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गोली लागेर गम्भीर घाइते भएका रायलाई उपचारका लागि वीरगञ्ज लैजाँदा गर्दा उनको बाटोमै मृत्यु भएको हो ।

गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव पनि घाइते पनि भएका छन् । घटनामा प्रयोग भएको १२ बोरको हतियार प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ९ : २७ बजे