Logo

प्रदेश

मधेस प्रदेश सभाको बैठक आज बस्दै



जनकपुरधाम । मधेस प्रदेश सभाको बैठक आज दिउँसो बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो ।

प्रदेश सभाको बैठक आज करिब दुई महिना पश्चात बस्न लागेको हो । यसअघि गत फागुन ४ गते प्रदेश सभाको बैठक बसेको थियो । आजको बैठकमा प्रदेश खेलकुद विकास ऐन, २०७९ पेस हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

विभिन्न छ वटा विधेयक तयारी अवस्थामा रहेपनि सरकारले बैठकमा खेलकुद सम्बन्धी विधेयक मात्रै प्रदेशसभामा पठाएको छ । मन्त्रालयका सचिवहरुको ढिलाइका कारण अन्य विधेयकहरु प्रदेश सभामा जान पाएको छैन । मुख्यसचिवको अनुपस्थिति र सरुवाले समेत विधेयकलाई मन्त्रिपरिषदबाट निर्णय गराउन नसकि समस्या देखिएको बताइएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : ०८ बजे