Logo

मुख्य समाचार

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ !



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीको मुद्दाको अन्तिम सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ । सन्दीपका वकिल मुरारी सापकोटाका अनुसार जिल्ला अदालत काठमाडौंमा फैसलाका लागि आजलाई पेसी तोकिएको हो ।

पेसी तोकिए पनि आजै सुनुवाइ भएर फैसला आउने निश्चित छैन । यसअघि यही चैत १३ गते पनि यो मुद्दा पेसीमा चढेको थियो । तर त्यतिबेला पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेकै इजलासमा परेपछि सन्दीपका कानुन व्यवसायीले सुनुवाइ स्थगन गर्न निवेदन दिएका थिए ।

घिमिरेको एकल इजलासले नै सन्दीपलाई गत कात्तिक १९ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर, उनको आदेश उच्च अदालत (पाटन) बाट बदर भएको थियो । घिमिरेको आदेश बदर भएसँगै सन्दीप थुनामुक्त भएका थिए ।

सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध पनि हटाउन आदेश दिएको थियो । सन्दीपलाई १० देखि १२ वर्ष कैदको माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता छ। त्यसको अन्तिम फैसला हुन लागेको हो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १० : ४५ बजे