Logo

मुख्य समाचार

दक्षिणपन्थी गठबन्धनको सरकारबाट देश विकासको सम्भावना छैन : नेता गुरुङ



सुर्खेत । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुव्वा गुरुङले सरकारले हनिमुन बिताइसके पनि मन्त्रीपरिषद् लाई पूर्णता दिन असफल भएको बताएका छन् ।

सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले दक्षिणपन्थी गठबन्धनको सरकारबाट देश विकासको सम्भावना नरहेको बताउँदै उनले भूराजनीतिक अवस्था अझ जटिल बन्दै गइरहेको बताए ।

उनले भने, ‘देशको आर्थिक, सामाजिक क्षेत्र निकै कमजोर भइरहेको छ, तर सरकाले ध्यान दिएको छैन । एमालेसामु यस्ता खालका विषयमा रचनात्मक कामहरू गर्ने जिम्मेवारी रहेको छ।’

भीम रावलको विवादबारे उनले ग्रासरुट अभियान र निर्वाचनमा असहयोग भएको बताए ‌। रावललाई मूल प्रवाहमा ल्याउनका लागि वार्ता टोली बनाइएको उनले बताए । उनले अब एमाले सरकार बनाउने र ढाल्ने पक्षमा नरहेको दाबी समेत गरे ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ९ : ५५ बजे