Logo

मुख्य समाचार

चितवन २ मा कांग्रेसका श्रेष्ठको उम्मेदवारी दर्ता



चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् ।

यो क्षेत्रमा एमालेका रामप्रसाद न्यौपाने र रास्वपाका रवि लामिछानेले पनि उम्मेदवारी दर्ता गरेका छन् । श्रेष्ठको प्रस्तावक राजेश्वर खनाल र समर्थकमा रामचन्द्र अधिकारी रहेका छन् । यसअघि यो क्षेत्रमा मंसिरको निर्वाचनमा लामिछाने निर्वाचित भएका थिए ।

उनको नागरिकता प्रकरणमा विवाद भएपछि पद गएको थियो । त्यसपछि सो क्षेत्रमा वैशाख १० मा उपनिर्वाचन हुन लागेको हो ।

 

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ४ : १४ बजे