Logo

मुख्य समाचार

परिणाम आउनेगरी काम गर्न मन्त्रीलाई गगन थापाको सुझाव



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई परिणाम आउने गरी काम गर्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेस, बाँकेको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले तीन महिनाभित्र कुनै मन्त्रीले बाहिर अनुहार नदेखाएर परिणाम आउने गरी काम गर्न सुझाव दिए ।

उनले पाँच महिनासम्म पनि परिणाम नआए जनताको धैर्यता टुट्ने भन्दै त्यसैका कारण मुलुक दुर्घटनामा पर्न सक्ने बताए । ‘प्रधानमन्त्रीले मैले यस्तो काम गर्छु भन्नै पर्दैन जनताले परिणाम देखेपछि आफैँ भन्छन्’, महामन्त्री थापाले भने ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ८ : ४३ बजे