Logo

Breaking News 1

मिटरव्याज पीडितको समस्या समाधान गर्न उच्चस्तरिय आयोग गठन हुने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरव्याज पीडितहरुको माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् ।

आज मिटरव्याज पीडितहरुसँग वालुवाटारमा छलफल गर्दै उनले मिटरव्याज पीडितहरुको समस्या समाधान गर्न कानून निर्माण गर्ने काम शुरु गरिसकेको समेत बताएका छन् । उनले न्यायिक अधिकारसहितको उच्चस्तरिय आयोग गठन गरेर मिटरव्याजीलाई कारबाही गर्ने प्रक्रिया शुरु गर्ने समेत प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

भेटवार्ताका क्रममा उनले भने,‘यो समस्याको समाधान गर्न म पहिले देखि लागिरहेको थिए । तपाईहरु काठमाडौं आउदै गर्दा पनि म तपाईहरुसङ्गै थिए। मकवानपुर देखि त गृह सचीवलाई भनेर सम्पुर्ण रुपले तपाईहरुको हेरदेख र सहयोग गर्न भनेको थिए । यसमा सरकार गम्भीर छ ।’

प्रधानमन्त्री दाहालले मिटरव्याज पीडितहरुको समस्याको दिर्घकालिन समाधानका लागि कानून निर्माणको प्रक्रिया समेत शुरु भइसकेको जानकारी गराएका छन् । उनले पीडितहरुसँग भने,‘समस्याको दिर्घकालीन समाधानको लागि कानुन निर्माणको प्रक्रिया अघि बढाईसकिएको छ भने तत्कालको लागि न्यायिक अधिकार सहितको आयोग बनाई फिल्डमै गएर पुर्जि काट्ने अवस्था सिर्जना गरिन्छ ।’

यता पीडितहरुले भने समस्या समाधान हुने निश्चित नभएसम्म काठमाडौंमै बस्ने जवाफ दिएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  १२ : ४३ बजे