Logo

मुख्य समाचार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १० बजे बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।

मन्त्री चयनमा चरम असन्तुष्टि देखिएका बेला बस्न थालेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा विभिन्न विषयमा छलफल हुने जनाइएको छ । यसअघि कांग्रेसको संस्थापन इतर समुहले सरकारमा सहभागी हुने मन्त्रीको सूची नदिएका कारण कांग्रेसका ४ जनाले मात्रै शुक्रबार मन्त्रीको सपथ लिएका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ९ : ३५ बजे