Logo

Breaking News 1

प्रचण्ड सरकारको तीन महिना : दुईपटक विश्वासको मत, सातौंपटक सरकार विस्तार, अझै ६ मन्त्रालय रिक्त


१७ चैत्र २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेपछि शुक्रबारसहित सातौंपटक सरकार विस्तार भएको छ । तर दाहाल नेतृत्वको सरकारले अझै पूर्णता पाउन सकेन।

गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका दाहालले शुक्रबार सातौंपटक मन्त्रिमण्डल विस्तार गरे । तरपनि मन्त्रिमण्डललाई पूर्णता दिन सकेनन् ।

पुस ११ गते पहिलोपटक मन्त्रिमण्डल विस्तार गरेका दाहालले माघको ३, १४ र २३ गते मन्त्री थपेका थिए । त्यसपछि फागुन १४ र १६ गते कार्यविभाजन हेरफेर गरिएको थियो ।

शुक्रबार मन्त्रिपरिषद विस्तार भयो तर अझै पनि ६ वटा मन्त्रालयको नेतृत्व प्रधानमन्त्री दाहाल आफैले दिएका छन् । कांग्रेसको भागमा परेका ४ मन्त्रालयसहित जनमत पार्टीले पाएको मन्त्रालयको जिम्मा समेत दाहालकै काँधमा छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ९ : २७ बजे