Logo

Breaking News 1

कांग्रेसका ४ मन्त्रीमध्ये दुई नयाँ, अन्य ४ मन्त्रीको सपथ किन रोकियो ?


१७ चैत्र २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । सरकार गठन भएको ३ महिनामा शुक्रबार ७ औं पटक सरकार विस्तार भएको छ ।

शुक्रबार १२ जना मन्त्रीले सपथ लिएका हुन् । कांग्रेसका तर्फबाट ४ जना मन्त्रीले सपथ लिदा दुईजनाले भने पहिलोपटक राजकीय जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फ चुनाव जीत्ने एक्लो महिला सांसद सीता गुरुङ र संसदीय राजनीतिमा होमिएको ४ दशकपछि सांसद रमेश रिजालले पहिलोपटक मन्त्री बन्ने अवसर पाएका हुन् ।

तर कांग्रेसबाटै सरकारमा सहभागी भएका उपसभापति समेत रहेका पुर्णबहादुर खड्का भने छैटौंपटक मन्त्री बनेका हुन् । उनी यसअघि गृह लगाएतका मन्त्रालयको नेतृत्व गरिरहेका व्यक्ती हुन् । यस्तै अर्थमन्त्री बनेका डाक्टर प्राकधशरण महत समेत पटक पटक मन्त्री बन्ने अवसर पाएका नेता हुन् ।

यसअघि उर्जा, परराष्ट्र लगाएतका मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका महत यसपटक अर्थ मन्त्रालयको नेतृत्वमा पुगेका हुन् । कांग्रेसका भागमा परेका अन्य ४ मन्त्रालयमा भने शुक्रबार मन्त्री नियुक्त हुन सकेनन् ।

संस्थापन इतर समुहले मन्त्रीको नाम नबुझाएपछि कांग्रेसका ४ जना मन्त्रीले मात्रै शुक्रबार सपथ लिएका हुन् । इतर समुहले कांग्रेसले ८ मन्त्रालय पाउँदा आफ्नो समुहले ३ वटा मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको थियो । तर सभापति शेरबहादुर देउवाले २ वटा मन्त्रालयको नेतृत्व मात्रै दिनसक्ने भनेपछि इतर समुहले शुक्रबार मन्त्रीको नाम नपठाएको हो ।

कांग्रेसले मन्त्रीको नाम नपठाएपछि कांग्रेसका भागमा परेका ४ मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री पष्पकमल दाहालले लिएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ९ : ०१ बजे