Logo

मुख्य समाचार

मन्त्री र सचिवले सुराकीका नाममा गर्ने खर्च कटौती गर्ने मन्त्री श्रेष्ठको निर्णय


१७ चैत्र २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन् ।

गृहमन्त्रीको रुपमा पद बहाली गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रुपमा गृहमन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका हुन् ।

मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्नका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने फाइलमा समेत उनले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ८ : १८ बजे