Logo

Breaking News 1

नेपालले जीत्यो थ्री नेसन कपको उपाधि


१७ चैत्र २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ ।

शुक्रबार दशरथ रंगशालामा भएको खेलमा लाओसलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

खेलको पहिलो हाफसम्म नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए । तर खेलको दोस्रो हाफमा नेपालका लागि मनिष डाँगीले गोल थप्दै उपाधि दिलाएका हुन् ।

पहिलो हाफमा लाओसका फोउचाङभोङ साङ्भिले पहिलो गोल गरेका थिए । केही समयमै नेपालका आयुष घलानले बराबरी गोल फर्काएका थिए । नेपालका मनिष डाँगी म्यान अफ म्याच घोषित भए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ८ : १० बजे