Logo

मुख्य समाचार

आजको मौसम : पहाडी भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना


१७ चैत्र २०७९, शुक्रबार  

529
Shares

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ । देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यो क्रम राति पनि जारी रहने छ ।

भोलि भने देशका पहाडी भू–भागका केही स्थानहरूमा साथै तराईमा पनि चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ६ : २९ बजे