Logo

मुख्य समाचार

उपनिर्वाचनमा सबै क्षेत्रमा हेविवेट प्रतिस्पर्धा



काठमाडौं । तनहुँ क्षेत्र नम्बर–१ मा हुने उपनिर्वाचनमा नेकपा एमालेको स्थानीय कमिटिले पूर्वआईजीपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस गरेको छ ।

एमाले तनहुँ क्षेत्र नम्बर १ क्षेत्रीय कमिटीको बिहीबार बसेको बैठकले उपनिर्वाचनमा पूर्वआईजीपी खनालसहित रामबहादुर गुरुङ, किरण धिताल, मोहन विक र सोझा गुरुङ र परितोश पौडेलको नाम सिफारिस गरेको हो ।

नेपाली कांग्रेसले भने केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने कांग्रेस छाडेका डाक्टर स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन लड्ने भएका छन् ।

यता चितवनमा भने कांग्रेसले पूर्वजिल्ला सभापति जीतनारायण श्रेष्ठलाई निर्वाचनमा उठाउने निर्णय गरेको छ । श्रेष्ठसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिस्पर्धा गर्दैछन् । एमालेले भने अहिलेसम्म उम्मेदवारको टुङ्गो लगाएको छैन ।

उपचनाुव हुन लागेको बारामा भने जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोसँगै जनमत पार्टीका तर्फबाट पनि उम्मेदवार घोषणा भएको छ । यहाँ पनि एमालेले अहिलेसम्म उम्मेदवार तयन गरिसकेको छैन ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  १० : १२ बजे