Logo

Breaking News 1

डा. वाग्लेको कथनी र करणी किन मिलेन ?



काठमाडौं । अर्थशाष्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेपछि राजनीतिमा एकखाले बहश शुरु भएको छ ।

वाग्लेले आफ्नो परिवार तिनपुस्ते कांग्रेस भएको बताउने गरेका थिए । वाग्ले तिनै व्यक्ती हुन् जसलाई कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला योजना आयोगको उपाध्यक्ष बनाएका थिए । वाग्ले सुशिल कोइराला प्रधानमन्त्री भएका बेला समेत योजना आयोगको उपाध्यक्ष बनेका थिए ।

त्यसोत पछिल्लो चुनावका बेला कांग्रेसको घोषणापत्र बनाउने जिम्मेवारी समेत सभापति देउवाले वाग्लेलाई दिएका थिए । यसअघिकै चुनावमा कांग्रेसबाट उम्मेदवार बन्न खोजेको भएपनि वाग्ले सफल हुन सकेका थिएनन् । काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव उठ्ने तयारी गरेका वाग्लेले टिकट पाएका थिएनन् । उनी चितवनमा समेत उम्मेदवार बन्न चाहन्थे । तर टिकट पाएनन् ।

टिकट नपाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समेत वाग्लेलाई आफ्नो दलबाट उम्मेदवार बन्न प्रस्ताव समेत गरेको उनी स्वयंले सार्वजनिक गरेका थिए । तर गत कार्तिक ५ गते भएको एक कार्यक्रममा वाग्लेले टिकट नपाएर पार्टी छाड्नु परिपक्क राजनीति नहुने बताएका थिए ।

तिनै वाग्ले अहिले समेत उपचुनावमा कांग्रेसबाट उम्मेदवार बन्न खोजेको भएपनि सफल नभएपछि कांग्रेस छाडेको बताइएको छ । तर वाग्लेले भने सभापति देउवाका कारण कांग्रेस छाडेको बताएका छन् । वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँमा उम्मेदवार बन्ने करिब निश्चित भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ८ : ३० बजे