Logo

Breaking News 1

अर्थविद् स्वर्णिम वाग्लेद्वारा कांग्रेस परित्याग



काठमाडौँ । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका छन्। उनले इतर समूहका नेता डा.शेखर कोइरालालाई सन्देश पठाएर पार्टी परित्यागको घोषणा गरेका हुन्। वाग्लेले कांग्रेस परित्यागको घोषणा गरेको कोइरालाको सचिवालयले पुष्टि गरेको छ।
‘पार्टीमा रहन्न भनेर सन्देश पठाउनभएको छ,‘ नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने,‘पार्टी परित्यागको घोषणा गर्नुभएको छ।’

वाग्ले वैशाख १० मा तनहुँ १ मा हुने उपनिर्वाचनमा उठ्नका लागि राष्ट्रिय स्वन्त्र पार्टीसँग अहिले छलफलमा छन्। उनी तनहुँ नै पुगेर त्यहाँका मतदाताको मनस्थिति बुझिसकेपछि कांग्रेस छाड्ने निर्णयमा पुगेका हुन्।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ५ : ०९ बजे