काठमाडाैं । अमेरिकाले इरानका धेरै स्थानहरूलाई लक्षित गरी आक्रमण गरेको छ । यससँगै चर्किएको तनावबीच तेहरानले होर्मुज जलमार्ग (स्ट्रेट अफ होर्मुज) सबै प्रकारका जहाजहरूका लागि बन्द गरिएको घोषणा गरेको छ ।
इरानमा युद्ध व्यवस्थापन गर्ने खातम अल-अन्बिया मुख्यालयले अमेरिकी हवाई आक्रमणको नयाँ चरणको एक घण्टा पछि एक विज्ञप्ति जारी गरेकाे थियाे ।
“हाल, यस क्षेत्रमा रहेको असुरक्षाका कारण, होर्मुजको जलडमरूम तेल ट्याङ्कर र व्यावसायिक जहाजहरू सहित कुनै पनि प्रकारका जहाजहरूको लागि बन्द घोषणा गरिएको छ, र त्यहाँबाट गुज्रने कुनै पनि जहाजलाई लक्षित गरिनेछ,” इरानले भनेकाे छ ।
इरानले अमेरिकी सैन्य आक्रमणको सैन्य रूपमा जवाफ दिने र अमेरिकीहरूको धम्की र सैन्य मूर्खतासामु कहिल्यै नझुक्ने तस्निम समाचार एजेन्सीले एक सैन्य अधिकारीलाई उद्धृत गर्दै भनेको छ । बीबीसी








प्रतिक्रिया