Logo

मुख्य समाचार

उपनिर्वाचन : बारा–२बाट सिफारिस उपेन्द्र यादवको गर्दै जसपा



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा–२ को उम्मेदवार सिफारिस गर्दै छ । प्रदेश समितिको बैठकबाट उम्मेदवार सिफारिस गर्न लागिएको जसपाका प्रवक्ता पूर्ण बस्नेतले जानकारी दिए ।

बुधबार बसेको क्षेत्रीय समिति र जिल्ला समितिको बैठकले बारा २ को उम्मेदवारमा उपेन्द्र यादवको एकल सिफारिस गरी प्रदेश समितिमा पठाएको छ।

आज बस्ने प्रदेश समितिको बैठकले उम्मेदवारको तय गरी केन्द्रमा पठाउने तयारी गरेको हो । प्रदेशले पनि उपेन्द्र यादवको एकल नाम सिफारिस गर्ने सम्भावना छ ।

 

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ११ : ०१ बजे