Logo

मुख्य समाचार

श्रीलंकामा इन्धनको मुल्य घट्यो



काठमाडौं । श्रीलङ्काको आर्थिक स्थितिमा सुधार आएसँगै इन्धनको मूल्य घटेको छ ।

भोलि मध्यरातपछि पेट्रोलको मूल्यमा प्रतिलिटर ६०, डिजेलमा ८० र मट्टितेलमा १० कायम हुने बताइएको छ । अब उपभोक्ताले एक लिटर पेट्रोल ३४०, डिजेल ३२५ र मट्टितेल २९५ मा पाउने छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले इन्धनको मूल्य घटाउने निर्णय सरकारले गरेको छ ।

अमेरिकी डलरको तुलनामा श्रीलङ्काली रुपैयाँ पनि सुदृढ भएको छ । गत वर्ष देशमा इन्धनको मूल्य दुई सय प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १० : ५१ बजे