Logo

मुख्य समाचार

मिटरव्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय, कानून संशोधन हुने



काठमाडौं । सरकारले मिटरब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराध संहितामा संशोधन गर्ने निर्णय गरेको छ ।

मंगलबार आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गर्न मुलुकी अपराध संहितामा संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

महोत्तरीबाट ११ दिन पैदल हिँडेर काठमाडौं आएका मिटरब्याजपीडितले सरकारलाई दबाब दिएपछि कानुन संशोधनको निर्णय भएको हो ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ९ : ०५ बजे