Logo

मुख्य समाचार

खुलामञ्च छिर्न नदिएका बालेन मिटरव्याज पीडितका पक्षमा बोले



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मिटरब्याज पीडितहरुको पक्षमा ऐक्यबद्धता जनाएका छन् ।

११ दिन हिँडेर महोत्तरीबाट काठमाडौं आइपुगेका मिटरब्याजीको समस्या समाधान गर्न उनले सरकारसँग आग्रह समेत गरेका छन् ।

मेयर शाहले उनीहरुलाई काठमाडौं बसुन्जेलका लागि पशुपतिस्थित धर्मशालामा खाने बस्ने व्यवस्था गरेको समेत बताएका छन् ।

मिटरब्याज पीडितहरुले खुलामञ्चमै बस्ने अडान राखेपछि रत्नपार्कस्थित शान्तिबाटिकामा आन्दोलनको लागि व्यवस्थापन मिलाइएको उनले बताएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  १० : ४६ बजे