Logo

मुख्य समाचार

संक्रमणकालिन न्यायसम्बन्धी विधेयक अघि बढ्यो



काठमाडौं । सरकारले प्रतिनिधि सभामा पेश गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको सैद्धान्तिक छलफल सकिएको छ ।

आइतवार बसेको प्रतिनिधि सभाको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि सैद्धान्तिक छलफल सकिएपछि निर्णयार्थ पेश गरिएको थियो ।

यसअघि सरकारले संसदमा पेश गरेको विधेयकमाथि संशोधन हाल्न सांसदहरुलाई ७२ घण्टाको समय दिइएको थियो । सरकारले यो विधेयक छिटै पारित गर्न खोजेको भएपनि नेकपा एमालेले भने असन्तुष्टि जनाउँदै आएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १० : १० बजे