काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा कांग्रेसले ८ वटा मन्त्रालय पाउने व्रिफिङ भएको छ ।
उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले ८ मन्त्रालयको दाबी गरेको व्रिफिङ गरेको बताइएको छ । बैठकमा सभापति शेरबहादुर देउवाले भने प्रधानमन्त्री पुष्पकमल दाहालले ८ वटा मन्त्रालय कांग्रेसलाई दिने संकेत गरेको बताएका छन् ।
प्रधानमन्त्री दाहालले सरकारलाई विश्वासको मत दिएका सबै राजनीतिक दललाई सरकारमा ल्याउन कोशिश गरिरहेका छन् । गठबन्धनमा ८७ सिटसहित कांग्रेस सबैभन्दा ठूलो दल रहेको छ ।
प्रतिक्रिया