Logo

मुख्य समाचार

कोशी प्रदेश नामाकरण विवाद र मृत्युबारे छानविन गर्न सरकारले समिति गठन गर्ने



काठमाडौं । कोशी प्रदेश नामकरणका बारेमा चैत ५ गते भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार बिहान गरेको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

सरकारले समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरोकारवाला पक्षलाई संवादका लागि पनि आह्वान गरेको छ । प्रदेश सभाले फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेपछि भएको विवादका क्रममा प्रहरीको लाठी लागेर घाइते भएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मातहत लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सह–कमाण्डर पदमबहादुर लिम्बुको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  १२ : ४१ बजे