Logo

मुख्य समाचार

नदी किनारका अवैध संरचना हटाउन काठमाडौं महानगरको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ ।

महानगरपालिकाले सूचना जारी गर्दै नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल संरचना अन्यत्र सार्न भनेको हो । एक साताभित्र अनधिकृत संरचना नहटाएमा संरचना आफै हटाउने र त्यसको खर्च सम्बन्धित पक्षसँगै असुल उपर गर्ने महानगरले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ८ : ५८ बजे