Logo

समाचार

आइजीपी सिंहलाई विदाई गरियो


१० चैत्र २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले विदाई गरेका छन् ।

तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त भएका सिंहसहितका अधिकारीहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले शुक्रबार बिदाइ गरेका हुन् ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले नवनियुक्त प्रहरी महानिरीक्षक ज्यादै व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी व्यक्तित्व रहेको बताए । उनले संगठनमा देखिएका यावत् बाह्य तथा आन्तरिक चुनौतिहरूलाई चिरेर जानुपर्ने सुझाव समेत दिए ।

सिंहले आफ्नो कार्यकालमा सम्पादन भएका काम तथा संगठनको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई हस्तान्तरण समेत गरेका छन् ।

सिंहसँगै प्रहरी अतिरिक्त महानिरीक्षकहरु सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी लगाएत समेत अवकाश पाएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १० : ५५ बजे